अपराध

बैंक र ईसेवाको कर्मचारी भन्दै अनलाइनमार्फत ठगी गर्ने रौतहटका दुईजना पक्राउ

नवलपुर टुडे
२०८१ साउन १६ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू रौतहट माधवनारायण नगरपालिका-२ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने वर्ष २१ का शुभम साह र रौतहटको गौर नगरपालिका-३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने वर्ष २३ को सत्यमकुमार सहनीलाई सार्वजनिक गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार उनीहरूले फेसबुक, ह्वाट्सएप, इमो, भाइबर जस्ता एपहरूबाट ईसेवा वालेट लगायत विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको छ ।

 

कमेन्टहरु