प्रहरी प्रधान कार्यालयले एआईजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्दै

नवलपुर टुडे


काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा एआईजी ज्ञवालीमाथि विभिन्न प्रकारका उजुरी परेपछि उनीमाथि छानबिन गर्न लागेको हो ।
ज्ञवालीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयकै प्रशासन विभागमा कार्यरत अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनाएको छ । प्रहरी महानिरीक्षकको निर्देशनमा चल्ने सीआईबीका प्रमुख ज्ञवालीले आफूखुसी काम गरेकोदेखि आईजीपी वसन्त कुँवरको जानकारीबिना केहीलाई अभद्र व्यवहारमा समेत मुद्दा चलाइएको खुलेपछि छानबिन थालिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
६० किलो सुन तस्करी प्रकरणका केही आरोपीलाई आफूखुसी अभद्र व्यवहारको मुद्दा चलाउनेदेखि संगठनको हितविरुद्ध समेत काम गरेको प्रहरी प्रधान कार्यालयको दाबी छ । यसअघि सीआईबीको प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई समेत सुन तस्करीको अनुसन्धानमा कमजोरी गरेको भन्दै उनलाई हटाएर ज्ञवालीलाई पठाइएको थियो । ज्ञवालीसमेत विवादमा परेका हुन् । ज्ञवाली एक महिनापछि भदौ २५ मा उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
अरुपनि पढ्नुहोस
सबै
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
















