मोरङको आइतबारेमा छुरा प्रहारबाट युवाको हत्या

नवलपुर टुडे


उर्लाबारी, साउन १६ । मोरङको उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको छुरी प्रहारबाट हत्या भएको छ ।
मङ्गलबार साँझ उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको भवन छेउको घरमा सुवास लामाले छुरा प्रहार गर्दा दाहालको मृत्यु भएको हो । घटना लगत्तै ५ नं. वडाका वडाध्यक्ष रविन लामाले कुशललाई उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पताल पुर्याउनुभएको थियो ।
गोदावारी अस्पतालमा उपचार हुन नसकेपछि दमकको लाइफ लाइन अस्पताल पु¥याइएका दाहालको त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्याइएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते दाहालको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनुभयो ।
यसअघि पटकपटक हत्या अभियोगमा जेल परेका सुवास भरखरै मात्र ८ वर्ष हिरासत बसेर आएका थिए । सुवासलाई प्रहरीले खोजि रहेको छ ।

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
अरुपनि पढ्नुहोस
सबै
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
















