नक्कली नोटसहित भारतीय युवक पक्राउ

नवलपुर टुडे
२०८१ साउन १५ | मध्यान्ह ०१:०४ बजे

वीरगन्ज । नक्कली नोटसहित प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित बेतियाका २२ वर्षीय अजाद आलम छन् ।
नेपाली एक हजार दरका दुई नक्कली नोटसहित सोमबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । त्यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






















