रौतहटबाट श्रोत नखुलेको ४ लाख भन्दाबढी रकम बरामद

नवलपुर टुडे
२०८१ साउन १५ | बिहान ११:०४ बजे

रौतहट, साउन १५ । रौतहट प्रहरीले श्रोत नखुलेको रकम बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको चार लाख चालीस हजार रुपियाँ बरामद गरिएको हो ।
त्यस्तै गरी विभिन्न मिति र समयमा नियमित चेकजाँचको क्रममा भारतबाट भन्सार छली चोरी निकासी/ पैठारी गरी नेपाल ल्याएका विभिन्न किसिमको सामान बराबद गरेका छन । जसमा लत्ताकपडा रु.६७७७०/-, किराना खाद्यान्न लगायतका सामान रु. १०४८२५/- र सोफी रक्सी र मोटरसाइकल दुई थान गरी रु. ३०५२५०/- मूल्य बराबरको रहेका छन ।
बरामद सो श्रोत नखुलेको रकम र सामानहरुको जम्मा मूल्य रु. ९,१७,८४५।- (नौ लाख सत्र हजार आठ साय पैतालिस मात्र) रहेको छ । सो सामान आबश्यक थप कारबाहीका लागि भन्सार कार्यालय गौर रौतहटमा बुझाएको सुचना अधिकारी एलिजा गिरीले बताईन ।






















