अपराध

पर्साको बनकटवाबाट १२ किलो चरेशसहित एक जना नियन्त्रणमा

नवलपुर टुडे
२०८१ साउन १३ | बिहान ०९:०४ बजे

पर्सा । सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको पोखरीया नगरपालिका–१ स्थित बनकटवाबाट १२ किलो चरेश, विभिन्न किसिमका सामान र एउटा मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ वर्षीय कुञ्जन कुमार महतोलाई साउन  १२ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरीयाले नियन्त्रणमा लिएको हो ।

बीआर २२ एबी १२९२ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागि जाँच गर्दा महतोको साथबाट १२ के.जी. चरेश, ५ हजार ४ सय २० भारतीय रुपैयाँ, १ थान मोबाइल सेट सहित नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको महतोलाई बरामद सामान र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

 

 

कमेन्टहरु