रामग्रामबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ


नवलपरासी, साउन ९ । पश्चिम नवलपरासीमा प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- ९ मधवलियास्थित बस्ने बर्ष ३० को आजाद पाठक रहेका प्रहरीले जानकारी दिएको छ । उनलाई मंगलबार पक्राउ गरिएको हो ।
उनले आफ्नै घरमा ठूलो परिणाममा लागुऔषध लुकाई छिपाई राखी बिक्री बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय परासीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटिगई निज आजाद पाठकको घरमा रितपुर्वक खानतासी गर्दा उनको घरको २ वटा कोठा र भान्सा कोठामा ठूलो परिणामको प्रतिबन्धित लागुऔषध बरामद गरी आजादलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा राखी बुधबार लागूऔषध सम्वन्धि कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भई रहेको छ । उनी २०७६/०९/२६ गते लागूऔषध सम्वन्धि कसुर मुद्धामा पक्राउ परी सम्मानित जिल्ला अदालत परासीको फैसला बमोजिम ३ वर्ष कैद भुक्तान गरी मिति २०७९/०९/२६ गते कारागारबाट छुटेको खुलेको जानकारी दिएको छ ।
उनलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `झ´ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दुई वर्ष देखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि बीस लाख रुपैयाँसम्म जरिवाना हुनेसमेत बोहराले बताए ।






















