रसियन बौद्धहरुको सहयोगमा बनेको चैत्यमा प्राण प्रतिष्ठा

नवलपुर टुडे


रुपन्देही । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार पारिएको बगैंचामा मंगलबार विश्व शान्तिको कामना गर्दै पाठ गरिएको छ । बगैंचा परिसरमा निर्माण गरिएको चैत्य प्राण प्रतिष्ठा तथा महायानी बौद्ध परम्पराअनुसार प्राणी जगतको कल्याणको कामनासहित पाठ गरिएको हो । रुस-युक्रेन युद्धबाट शान्ति खोज्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभसहितका समुदायले बगैंचा तयार पारेका हुन् ।
रसियाको बौद्ध सम्प्रदाय बाहुल्य राज्य कालमिकका नागरिक बर्चुनोभलगायतका बौद्ध समुदायले लुम्बिनी प्लाजामा बगैंचालगायतका संरचना निर्माण गर्न सहयोग गरेका छन् । मंगलबार रसिन खेन्पो एवं रसियन केन्द्रीय बौद्ध आध्यात्मिक प्रशासनका अध्यक्ष गेसे योङतेनसहित नेपालका लामा गुरुहरुको उपस्थितिमा लुम्बिनी प्लाजामा रहेको चैत्यमा प्राण प्रतिष्ठा पाठ र विश्व शान्तिको कामना गरिएको थियो ।
उक्त अवसरमा लुम्बिनी विकास कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्य राजेश शाक्य पूजा तथा पाठमा सरिक भए । लुम्बिनी गुरुयोजना क्षेत्रलाई सौन्दर्यकरण गर्दै बौद्धमय बनाउन रसियन बौद्ध सम्प्रदायको सहयोग विश्व शान्तिका लागि उदाहरणीय कार्य भएको कोषका सदस्य सचिव शाक्यले बताए ।
रसियन बुद्धिष्ट ओलिग बर्तुनोभले आफू बुद्ध जन्मस्थलमा आएर बौद्ध सम्प्रदायको आस्थामा एउटा भए पनि इँटा थप्न पाएको भन्दै खुशी व्यक्त गरे । पछिल्लो समय रुस-युक्रेन युद्ध चर्किंदा बौद्ध सम्प्रदायले बुद्ध जन्मस्थल लुम्बिनी शान्तिको खोजी गर्दै आउने क्रम बढेको छ ।

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
अरुपनि पढ्नुहोस
सबै
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
















