खेलकुद

नेदरल्यान्ड्सविरुद्ध टस जितेर नेपालले पहिले ब्याटिङ रोज्यो

नवलपुर टुडे
२०८० फाल्गुन २२ | बिहान ११:११ बजे

काठमाडौँ, फागुन २२ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेदरल्यान्डसँग टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल बिहान ११ः३० बजे सुरु हुनेछ । 

लिग चरणको खेलपछि अंक तालिकामा नेदरल्यान्ड्स पहिलो र नेपाल दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो । अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको थियो । 

आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग २० रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । आफ्नो तेस्रो खेलमा भने नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।

कमेन्टहरु