पर्सामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

जगत ठाडा मगर


पर्सा, पुस ९ । पर्सामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका – २ थरकट्टिका ३२ वर्षीय मनोज उरावँ धाँगडको बाघको आक्रमणमा परि ज्यान गएको हो ।
हिजो आइतबार बेलुका ६ बजेतिर गाउँ भन्दा करिब दुई सय मिटर उत्तर जङ्गलमा शौच गर्न गएका उनी राति घर नपुगेपछि उनको खोजतलास गर्ने क्रममा जङ्गलमा उनले लगाएको चप्पल भेटिएको थियो । चप्पल भएकै ठाउँभन्दा केहि पर बाघको पञ्जाको डोव र मृतकको मोबाइल भेटिएको प्रहरीले जनाएको छ ।
धाँगडको अधिकांश भाग बाघले खाइसकेको अवस्थामा फेला परेको थियो । उनको गर्दनको छाला नभएको मासु र हड्डी, दाहिने घुडादेखि तलको खुट्टा, छाला नभएको खप्पर फेला परेको प्रहरीले जनाएको छ ।

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
अरुपनि पढ्नुहोस
सबै
आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
















