भक्तपुरमा मृत भेटिए नेपाल प्रहरीका सई

जगत ठाडा मगर


काठमाडौं, पुस ८ । भक्तपुरमा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् । आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका – ८ सिपाडोल टौखेलस्थित आफ्नै घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले ४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेको जानकारी दिए ।उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए ।
उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको थियो । उनको मृत्युको कारण खुलिनसकेको छैन प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । पोष्टमर्टमको लागि घिमिरेको शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको छ ।

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल
















