वीरगञ्ज नाकाबाट दुई सय ६० महिला र बालकको उद्धार

रासस


पर्सा, पुस ८ । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो ।
उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् ।
वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भङ्गहालगायत नाकामा पनि निगरानी बढाउनुपर्ने स्थानीयको माग छ ।

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल
















