रौतहटको सामुदायिक विद्यालयमा शुद्ध खानेपानी फिल्टर जडान

जगत ठाडा मगर


रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका स्थित जय किसान माध्यमिक विद्यालयको प्राङ्गणमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य रामलाल यादवको पहलमा ईपीसी नेपालद्वारा खानेपानीको फिल्टर मेसिन सोमवार जडान गरिएको हो।
फिल्टर जडान भएपछि विद्यालयका छात्र छात्रालाई सुद्ध खानेपानीको आपूर्ति सहज भएको प्रधानाध्यापक सञ्जय गुप्ताले बताए। उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति पूर्व खानेपानी मन्त्री अब्दुल खानको विशेष पहलमा यससँगै जिल्लाको ४ विद्यालयमा सुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ।
केन्द्रीय सदस्य यादवका अनुसार अहिलेसम्म स्थानीय गढीमाई नगरपालिका–७ स्थित धनहारी धर्मपुर मावि, नेपाल प्रहरी बोडिङ्ग स्कुल बिर्ता, गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ ।

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल
















