धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव फेला

जगत ठाडा मगर


जनकपुरधाम, मंसिर १२ । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
मंगलबार स्थानीयले अन्दाजी ३५ वर्षीया महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोलीले गएको एसपी शर्माले जानकारी दिए ।
महिलाको ५/६ दिन अघि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । शरीर सड्न थालेकाले पोष्टमर्टमपछि मात्रै थप कुरा खुल्ने एसपी शर्माले बताए ।

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल
















