देश

दुबै मृगौला फेल भएर वीर अस्पतालमा उपचारत दिवाकर मगरद्वारा सहयोगको अपिल

नवलपुर टुडे
२०८० अशोज ९ | मध्यान्ह ०८:०६ बजे

काठमाडौं, असोज ९ । उदयपुर जिल्लाको ताप्ली गाउँपालिका वडा नं ३ निवासी डिकबहादुर मगर ‘दिवाकर’को दुबै मृगौला फेल भएर अस्पतालमा उपचारत छन् ।

दिवाकर विगत एक महिनादेखि मृगौला फेल भएर काठमाडौंको वीर अस्पतालमा उपचार गर्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा मृगौला पिडित दिवाकरले उपचारको लागि सहयोगको अपिल गरेका छन् ।

कौशिला प्राविका प्रधानाध्यापकसमेत रहेका मृगौला पिडित दिवाकरले उपचारको लागि आफ्नो आर्थिक अवस्थाले नपुगेपछि सहयोगको लागि सबैलाई आग्रह गरेका हुन् । लामो समयदेखी अध्यापन गराईरहेका ४७ वर्षिय दिवाकर वीर अस्पतालमा डाईलोसिस गराउँदै आएका छन् ।

सहयोगको लागि डिकबहादुर मगरको नाममा रहेको प्राइम बैंक ताप्ली शाखाको खाता नम्बर ०७७००१३८ PS मा आर्थिक सहयोग गर्न सकिने छ । तथा ९८४२९७९९३९ सम्पर्क राखेर सहयाेग गर्न सक्नु हुनेछ ।

कमेन्टहरु