मौसम

आजको मौसम : बागमती प्रदेशसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

नवलपुर टुडे
२०८० अशोज ४ | बिहान ०६:०६ बजे

काठमाडौँ, असोज ४ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशहरूको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशहरूको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्टहरु