बारा–२ मा सत्ता गठबन्धनलाई जिताउन तरुण दलले चौरसियालाई केन्द्रिय प्रतिनिधि तोक्यो

रंजित चौरसिया
२०८० बैशाख ५ | मध्यान्ह ०३:०१ बजे

वीरगंज ५ बैशाख । नेपाल तरुण दल केन्द्रिय कार्यालय काठमाडौंले बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनको लागि पाँच दलिय गठबन्धनका साँझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन तरुण दलका युवा नेता बिवेक चौरसियालाई केन्द्रिय प्रतिनिधि तोकेको छ ।
बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा नेपाली काँग्रेस र सरकारमा सहभागी गठबन्धन दलका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई विजयी गराउन नेपाली काँग्रेस विन्दवासिनी गाउँपालिकाका सभापति एवं तरुण नेता बिवेक चौरसियालाई केन्द्रिय प्रतिनिधिको जिम्मेवारी सहित खटाईएको छ ।
तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङ्गद्धारा जारी गरिएको पत्रमा नेपाली काँग्रेस पाटी र तरुण दल जिल्ला समिति सँग समन्वय गरी तरुण साथिहरुलाई निर्वाचनमा परिचालन गर्न उल्लेख गरिएको छ ।























