विश्वकप फुटबल: दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै

नवलपुर टुडे
२०७९ मंसिर २८ | बिहान ०८:०८ बजे

काठमाडौं, मंसिर २८ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार फ्रान्स र मोरक्को भिड्ने भएका छन्।
खेल कतारको अल बायत स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्न चाहन्छ।
फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको थियो। मोरक्को पोर्चुगललाई हराउँदै पहिलोपटक सेमिफाइनलमा पुगेको हो।
मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र हो। यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो।























