खेलकुद

च्याम्पियन्स लिग टुर्नामेन्टको तेस्रो दिनको खेलमा सयपत्री बोर्डिङ र किङ्स बैरिहवा सम्पन्न

नवलपुर टुडे
२०७९ मंसिर २३ | मध्यान्ह १०:०८ बजे

परासी । नवलपरासी जिल्ला क्रिकेट संघको आयोजनामा एक दिवसीय २०७९ च्याम्पियन्स लिग टुर्नामेन्टको आजको तेस्रो दिनको खेलमा सयपत्री बोर्डिङ स्कुल परासी र रामग्राम किङ्स बैरिहवा बीच भएको थियो । रामग्राम किङ्स बैरिहवाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । २९ वेभरमा सबै विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

जसमा रामग्राम किङ्स बैरिहवाका ओपनिङ ब्याट्स म्यान रन्जित खड्काले ५६ बल ६८ रनको योगदान दिएका थिए । मिडिल अडरमा ब्याटिङ गर्न आएका अनुभवी ब्याट्स म्यान दिलिप कुर्मीले ३७ बल खेल्दै ३८ रन बनाएका थिए। र १२ बलमा १५ सागर लामिछाने बनाएका थिए ।

त्यस्तै बलिङतर्फ सयपत्री बोर्डिङ स्कुल परासीका बलर सरोज क्षेत्री ६ वेभरमा १ ओभर मेडन राख्दै २८ खर्चेर महत्वपूर्ण ५ विकेट निकालेका थिए । अनिल आचार्य ३ विकेट र दिवाकर पंगेनी २ विकेट लिएका थिए।

त्यसै गरी १८१ रनको लक्ष्य पूरा गर्ने क्रममा सयपत्री बोर्डिङ स्कुल परासीका ओपनिङ ब्याट्स म्यानले राम्रो सुरुवात दिन सकेनन् । सयपत्री बोर्डिङ स्कुल परासीका नितिस गुप्ता २४ बलमा १४ रन र सरोज क्षेत्री २२ बलमा १२ रनको योगदान दिएका थिए । अन्य ब्याट्स म्यानले दोहोरो अङ्क जोड्न सकेनन् र सयपत्री बोर्डिङ स्कुल परासीका २३ वेभर २ बलमा अलआउट भ!को थियो ।

जसमा रामग्राम किङ्गस बैरिहवाका बलर करन बि.क. ४ वेभर मा २१ रन खर्चेर ३ विकेट निकालेका थिए । जितेन्द्र सहानी ६ ओभरमा १८ रन खर्चेर १ विकेट निकालेका थिए । बिजय लोहार ४ ओभरमा १२ खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए । बिजय सहानी ४ ओभरमा ११ खर्चेर २ विकेट निकालेका थिए ।अजित यादव ५ ओभरमा १४ खर्चेर १ विकेट निकालेका थिए । सयपत्री बोर्डिङ स्कुल परासीले सजिलै ७२ रनमा अलआउट भएको थियो र म्यान अफ दि म्याच रन्जित खडका घोषित भएका छन।

कमेन्टहरु