नवलपुर जिल्लाकाे कायापलट गर्न क्षेत्र नम्बर -१ बाट उम्मेदवारी दिन्छु: शशांक काेइराला

नवलपुर टुडे

सारांश
नवलपुर। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी १ मा उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले यस क्षेत्रबाट लगातार ३ पटक निर्वाचन जितिसकेका कोइरालाले चौंथोपटक उम्मेदवार बन्ने आइतबार घोषणा गरेका हुन् ।
प्रेस यूनियनको केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आइतबार कावासोतीमा आयोजित सम्मान कार्यक्रममा कोइरालाले जिल्लाको विकासका लागि चार योजना अघि सार्दै फेरि उम्मेदवारी दिने निर्णय गरेका हुन् । कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको खेलमैदान, ट्रमा सेन्टर, त्रिवेणीदेखि देवघाटसम्म नारायणीको किनारैकिनार पक्की सडक संजाल र विपन्नको जीवनस्तर उकास्न कृषि कार्यक्रम लागू गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
उनले पूर्वी नवलपरासीलाई उत्कृष्ट जिल्ला बनाउन आफुले अघि सारेका ४ वटा कुरा पुरा गर्न फेरि चौंथो पटक उम्मेदवारी दिने निर्णय गरेको हो । उनले अगाडि सारेको चार वटा योजना कार्यान्वयन गरि जिल्लाको बिकासका लागि कायापलट गर्ने बताए ।

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
अरुपनि पढ्नुहोस
सबै
महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
















