झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

नवलपुर टुडे

सारांश
झापा, साउन २२ । झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ ।
आइतबार साँझ अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको छोरा सुमन कार्कीले चलाएको मोटरसाइकलबाट खसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी मोटरसाइकलको पछाडि बसेकी थिइन् । सुमनले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया खसेकी हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा लक्ष्मीमायाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि छोरा सुमन पनि अचेत अवस्थामा छन् । उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
अरुपनि पढ्नुहोस
सबै
महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
















