स्याङ्जामा ६ महिने छोरीको हत्या गरी शौचालयमा फालेको आरोपमा आमासहित दुई जना पक्राउ

नवलपुर टुडे

सारांश
बुटवल, साउन २२ । स्याङ्जामा छ महिने छोरीको हत्या गरी शौचालयमा फालेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गल्याङ नगरपालिका – २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका – १० कुमाल गाउँका २२ वर्षीय केदार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । लक्ष्मीका श्रीमान मीनबहादुर तीन महिनादेखि भारतमा छन् ।
लक्ष्मी साउन १० गते घरमा कसैलाई खबर नगरी छ महिने छोरी लिएर सम्पर्कबिहीन भएकी थिइन् । उनी सम्पर्कबिहीन भएपछि ससुराले साउन १२ गते प्रहरीलाई खबर गरेका थिए । प्रहरीले लक्ष्मी रामपुरका केदारसँग भागेर विवाह गरेको भन्ने सूचना प्राप्त गर्यो । सोही सूचनाको आधारमा उनीहरुको खोजी गर्दै जादा लक्ष्मी गत शुक्रबार दिउँसो गल्याङ नगरपालिका – ३ गल्याङ बजारमा फेला परेकी थिइन् ।
‘पहिले लक्ष्मी फेला परिन् । उनीसँग सोधपुछ गरेपछि केदार पनि फेला परे,’ प्रहरी नायब उपरीक्षक खनालले भने, ‘बच्चा कहाँ राख्यौ त भनेर सोध्दा सुरूमा त जंगलमा फालेको भनिन् । तर त्यहाँ पनि रहेनछ ।’
प्रहरीले अनुसन्धान गर्ने क्रममा लक्ष्मीले साउन १० मध्यराति शौचालयको खाल्टोमा फालेको खुलेको हो । प्रहरीले त्यहाँ शव सडिगलिसकेको अवस्थामा फेला पारेको थियो । लक्ष्मी र केदारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
अरुपनि पढ्नुहोस
सबै
महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
















