रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एक जनाको मृत्यु

नवलपुर टुडे

सारांश
रुकुम पश्चिम, श्रावण २२ । रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको अरिँगालको टोकाइबाट मृत्यु भएको हो ।
तीन दिन अघि अरिंगालको टोकाइबाट बिरामी भएका सुनारको झुल्नेटास्थित निजी स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि आइतबार नेपालगन्ज लैजाँदै गर्दा सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए ।
साथीहरूसँगै सल्यानको बाँफुखोलामा अरिँगाल झार्न भनी गएका सुनारलाई अरिंगालले टोकेको थियो । उनको शरीरमा ५३ वटा घाउ देखिएको छ । मृतक सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिवसमेत थिए ।

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
अरुपनि पढ्नुहोस
सबै
महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
















