कोहलपुरमा करेन्ट लागेर महिलाको मृत्यु

नवलपुर टुडे

सारांश
कोहलपुर, साउन २२ गते । बाँकेको कोहलपुर –२, बर्दहवाको लक्ष्मण टोलमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शनिबार राती आफ्नै घरमा करिब २५ वर्षिया प्रशंसा आचार्यको करेन्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले आचार्यको करेन्ट लागेर मृत्यु भएको बताउनुभयो ।
‘घरभरी नै टुक्रा टुक्रा तारहरु जोडर करेन्ट सप्लाई भएको देखिन्छ, कुन ठाउँबाट करेन्ट लाग्योे पत्ता लागेको छैन । शरिरमा कुनै चोटपटक देखिदैन’ उहाँले भन्नुभयो ।
प्रहरीका अनुसार घटनापछि घटनास्थलमा पुगेका विद्युतका कर्मचारीले घरमा जोडिएका सबै तार निकालेको र विद्युतको लाइन पनि जाँच गरिएको उहाँले बताउनुभयो ।
आचार्यको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको डीएसपी मल्लले जानकारी दिनुभयो । घटना बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
अरुपनि पढ्नुहोस
सबै
महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
















