गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु

नवलपुर टुडे

सारांश
इन्द्रजित नेपाली
गुल्मी । साउन २२ आइतबार बिहान १ ख १८६६ लु नम्वरको ट्रक गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा दुर्घटना हुँदा चालक गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ४६ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल तम्घास लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो । ट्रक करिब सडक देखी दुई सय पचास मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

महालक्ष्मीको १६ दिने व्रत समापन
अरुपनि पढ्नुहोस
सबै
जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा
















