मोरङको जहदाबाट कटेरोमा लुकाएर राखेको ३८ किलो गाँजा बरामद

नवलपुर टुडे

सारांश
मोरङ, साउन २२ । मोरङको जहदाबाट प्रहरीले घर नजिकको कटेरोमा लुकाएर राखेको ३८ किलोग्राम गाँजा बरामद गरेको छ ।
शनिबार साँझ प्लाष्टिकमा प्याक गरी बोरामा हालेर घर पछाडिको कटेरोमा लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार जहदा गाउँपालिका–३ ठूलोहात्तीबन्दाका ४० वर्षीय भुसाराम राजवंशीले गाँजा लुकाएर राखेका हुन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा खटिएको टोलीले साँझ ६:३० बजेतिर गाँजा बरामद गरेको हो । राजवंशीको घरमा भने ताला लगाइएको थियो । उनको खोजीकार्य भइरहेको र गाँजा इलाका प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

महालक्ष्मीको १६ दिने व्रत समापन
अरुपनि पढ्नुहोस
सबै
जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा
















