आठ वर्षमा तयार भयो ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’

नवलपुर टुडे

सारांश
१ अर्ब ११ करोड लागत, १ हजार जना अट्ने क्षमता, संचालनमा मासिक ३ करोड न्यूनतम खर्च
बुटवल, साउन १९ गते । बुटवलमा एक हजार मानिस अट्ने सभाहलसहितको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सकिएको छ । बुटवल– ८ रामनगरमा करिब ८ वर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो ।
बि.सं. २०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र कोरोना महामारी र रुख कटानका कारण प्रभावित भएको थियो । सम्मेलन केन्द्र तयार भएपछि बुटवलमा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलनहरु गर्न सहज हुने भएको छ । बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डप संघीय सरकार सहरी विकास मन्त्रालयको एक अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र बनेको हो ।
नेपालको झन्डा आकारमा तयार पारिएको सभाहल तत्कालै प्रयोगमा ल्याउन सकिनेछ । उक्त हलमा ८७२ वटा फिक्स कुर्सी जडान गरिएको भने सभाहलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल भवन तयार भएको छ । त्यस्तै सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ ।
अब तत्कालै प्रयोग गर्न मिल्नेगरि सभाहल तयार भइसकेको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताउनुभयो । उहाँका अनुसार सम्मेलन केन्द्रको भौतिक संरचना पूर्ण रुपमा सम्पन्न भएको हो भने सभाहलबाहेक बैठक हल र बहुउद्देश्यीय हलमा फर्निचर, फर्निसिङको काम गर्न बाँकी छ ।
चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको जनाएको छ । सम्मेलन केन्द्रमा हेलिप्याड समेत बनाइएको छ । लिफ्टको सुविधासहित निर्माण गरिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतीक संरचना तयार पारिएको छ । विद्युतका लागि छुट्टै सब स्टेशन राखिएको छ । ६३० केभीए क्षमताको विद्युत ट्रान्सपफर्मर पनि जडान गरिएको छ ।उक्त केन्द्रले प्रयोगका लागि खोनपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र प्रवेश गर्दा आर्कषक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पट्टी पोखरी निर्माण गरिएको छ । प्रवेश हुने र बाहिरिने गरि ५ वटा अलग अलग गेट तयार पारिएको छ । बिशिष्ट प्रवेशद्धार र सर्भिस गेट पनि बनाइएको छ । बाँकी ३ वटामध्ये २ वटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटा गेटबाट बाहिरिने व्यवस्था मिलाइएको छ । बाल उद्यान, कफि सप, रिफ्रेस हल, रजिष्ट्रेशन र टिकट काउण्टर समेत बनाइएको छ। गोरखापत्र अनलाईनबाट साभार

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग

महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक
अरुपनि पढ्नुहोस
सबै
‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित





