काठमाडौको कपनबाट स्रोत नखुलेको ५० लाखसहित एक जना पक्राउ

नवलपुर टुडे

सारांश
काठमाडौं । काठमाडौको कपनबाट हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा बुधबार राति कपनबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग कपन र प्रहरी वृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले गोरखा घर भई हाल काठमाडौं तीनचुली बस्ने २४ वर्षीय धावा घ्याल्चेनलाई पक्राउ गरेको हो। उनलाई कपनको भृकुटी चोकबाट एक जनालाई पक्राउ गरेको हो।
भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठमा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
घ्याल्चेनले नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र उनले उताबाट पैसा पठाउने गरेको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन्। सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशंका रहेको जनाउँदै प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाईरहेको छ।

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग

महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक
अरुपनि पढ्नुहोस
सबै
‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित





