राजनीति

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित

नवलपुर टुडे
२०७९ जेष्ठ ८ | मध्यान्ह ०४:०२ बजे

सुनसरी । सुन्दर नगरी धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन्।

सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् । उनी ५ हजार बढी मतान्तरले विजयी भएका हुन्।

उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित भएका छन्। उनले एमालेका पदम इस्बो लिम्बूलाई पराजित गर्दै उम्पमेयरमा निर्वाचित भएका हुन्। मत परिणाम भने घोषणा गर्न बाँकी रहेको छ।

कमेन्टहरु