इटहरी उपमहानगरको मेयरमा कांग्रेसका पौडेल निर्वाचित

नवलपुर टुडे
२०७९ जेष्ठ ८ | बिहान ०७:०२ बजे

इटहरी, बैशाख ७ । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल पौडेल निर्वाचित भएका छन् । पौडेलले ३३ हजार ४९ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार चुङ्गावाङले २८ हजार ३१ मत र राप्रपाका आकाश हाङ्ग लिम्बूले ३ हजार ९०८ मत प्राप्त गरेका थिए । यस्तै उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् । उनी ३२ हजार ४३६ मत ल्याएर निर्वाचित भएकी हुन् ।
उनका प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ हजार ३१ मत र तेस्रो भएकी राप्रपाकी वविताकुमारी चौधरीले ४ हजार ७१९ मत ल्याइन् ।






















