राजनीति

धनगढीमाई नगरपालिकामा एमालेको अग्रसरता

नवलपुर टुडे
२०७९ जेष्ठ ४ | मध्यान्ह १२:०२ बजे

महेश सिंह
सिरहा, जेठ ४ । सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्निस्ट पार्टी एमाले अग्र स्थानमा देखिएका छन् । सुरुवाती झट्कामा अग्र स्थानमा देखिएका कांग्रेस यतिबेला दोश्रो स्थानमा देखिएका छन् ।

मेयर पदका उमेदवार शिवशंकर महतोको करिब ३०० मतले नेपाली काङ्ग्रेस जिल्ला सभापति तथा मेयर पदका उमेदवार रामचन्द्र यादव भन्दा अगाडी रहेका छन् । ९ वटा वडाको मतगणा सम्पन्न भइ सकेको र १० र ५ मध्ये ५ को मत परिणाम बाहिरिएको छ भने १० को गणना जारी रहेको अधिकृत महेन्द्र महतोले जानकारी दिनुभयो ।

नेता महतोको अग्रसरता वडा नं १३ देखी कायम भएको रहेको छ । काङ्ग्रेसका निकटम प्रतिद्वन्दी राम चन्द्र यादव भन्दा करिब ३०० सयको मतान्तरले एमालेका शिव शंकर महतोले लिड गरी रहेका उनले बताए ।

कमेन्टहरु