धनगढीमाई – १२ मा ठाकुर विजयी


विनोद मण्डल जेष्ठ ३ । सिरहामा स्थानिय निर्वाचनको चुनावी परिणाम बाहिरिने क्रम जारी रहेको छ । सिरहाको धनगढीमाई नगरपालिका अन्तर्गत वडा नं १२ मा पुन नेकपा एमाले पार्टी विजय भएका छन् ।
कठिन संघर्ष गरेर पार्टीको टिकेट पाएका कलिला उमेरका जय प्रकाश शर्माले जीत हात पारेको छ ।
एमाले जिल्ला कार्यसमितीको पार्टी युवा संघको संयोजक समेत रहेका शर्मा छोटो समयमा पार्टीमा उदाएका हुन् । उनले पार्टीभित्र टिकटको लागि लामो समयदेखि संघर्षमा होमिएका थिए । समयमा पार्टीले उचित व्यक्तिको मूल्यांकनमा आनाकानी गरेको थियो त्यसैले केही समय धनगढीमाई वडा नं १२ मा पार्टीभित्र आन्तरिक विवाद देखा परेको थियो ।
आन्तरिक विवादको कारणले पार्टीका प्रकाश यादवले पार्टीमा नरहने घोषणा गरेपछि विवादित बनेका पार्टीमा तत्काल दूरदर्शिता कायम गर्दै पार्टीलाई बलियो बनाउन ठाकुरलाई अगाडि सारिएको थियो जसले गर्दा उनी जीतको भागी बन्न पुगे र पार्टीले जीत हात पार्न सफल भएको स्थानिय स्तरमा चर्चा छ ।






















