हुप्सेकोटमा पुन; महिला प्रमुख , अध्यक्षमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी

नवलपुर टुडे
२०७९ जेष्ठ ३ | बिहान ०७:०२ बजे

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
पाण्डे जिल्लामा पहिलो महिला प्रमुख बन्नुभभएको छ । उपाध्यक्षमा पूर्णसिंह राना विजयी हुनुभएको छ ।
पाण्डेले आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७ सय १४ मतान्तरले पराजित गर्नुभएके हो । पाण्डेले ६ हजार ४ सय ५५ र रानाले ५ हजार ७ सय ४१ मत पाउनुभयो ।
उपाध्यक्षमा कांग्रेसका पूर्णसिं रानाले ६ हजार ७ सय ५ र एमालेकी मनी पाण्डेले ५ हजार ७ सय ३८ ल्याउनुभयो । यहाँ वडा नम्बर २ मा एमालेबाट वडा सदस्यका उम्मेदवार लिलाबहादुर ठाडा झिनो मतान्तरले विजयी हुनुभयो । अन्य सबै पदमा काङग्रेस विजयी भएको छ ।






















