सप्तरीमा माछालाई दाना दिन गएका बाबुनन्द चौधरी पोखरीमा डुवेर मृत्यु

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह ०६:०९ बजे

सप्तरी । माछालाई दाना खुवाउन पोखरी पसेका एक व्यक्तिको मंगलबार डुबेर मृत्यु भएको छ । मृत्यू हुनेमा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका – २ ईटहर्वाका ५२ वर्षीय बाबुनन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आफ्नै माछापोखरीमा माछालाई दाना हाल्न पोखरी गएका बाबुबन्द चौधरी घर नफर्केपछि आफन्तजनले खोज्ने क्रममा शव पोखरीमा फेला पारेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।






















