समाज

विच्चलीमा थामी परिवार सहयोगको लागि आह्वान

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह ०४:०९ बजे

सन्तोष ठान्टी थाङ्मी
दोलखा, पुस ६ । विधिको विधान अनि दैवको लीलालाई कसले टार्न सक्ला र ? लाउला खाउँला र पिउँला भन्ने उमेरमा जीवनमा अपत्यारिलो बज्रपात अर्थात चट्याङ बर्षिदा उजाडिएका जीवनका स्वर्णिम प्रहर आज भौतारिन विवस थामी जीवन सडकको बास भएको छ ।

विक्रम सम्वत २०७२ सालको भुइँचालोले हल्लाएका दोलखा जिल्लाको साविक थामीचागु गाउँविकास समिति – १ हाल विगु गाउँपालिका वडा – ८ का वासिन्दा करिव ३८ वर्षिय नन्दे थामीकाे घर पछाडिबाट आएको ठूलो ढुंगाले सुतिरहेका थामीलाई घाइते बनाएपछि थामी परिवारको संघर्षको दिन शुरु भयो ।

घाइते अवस्थाको नन्दे थामीलाई कहिले स्थानिय अस्पताल त कहिले राजधानीको अस्पतालहरू घुमाउँदा घुमाउँदा भएका भिर पाखा पखेरा जमिन जग्गा उपचारको क्रममा बन्धकीमा सकिएका थामी परिवार थप उपचार गराउन नपाएर नन्दे थामीको मृत्यु भयो ।

घरमा ६/७ जनाको परिवार सहारा विहिन भएपछि स्कुले जीवनबाट वञ्चित हुन पुगेका थामी परिवार यतिबेला सहयोगको अपेक्षा राख्दै देश विदेशमा रहेका नेपाली लगायत विभिन्न संघसंस्था सँग सहयोग मागिरहेको अवस्था छ । त्यसैले सहयोगी हातहरुको लागि तल उल्लेखित सम्पर्क नम्बरमा फोन गरि सहयोग गरिदिन अपिल गरेका छौ ।

काली माया थामी इन्डिया दार्जिलिङ ९६०९४५८०३०
मनिष थामी ९८६१३५६३९८

कमेन्टहरु