देश

कांग्रेसको केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । मंगलबार सकिएको मतगणनामा चौधरी २२०६ मतका साथ निर्वाचित भएका हुन् ।

४६६७ मत खसेकोमा २५२२ लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् । त्यस्तै चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् । चौरासिया, चौधरी, राय र दिनेश यादव देउवा प्यानलका हुन् ।

चन्द्रमोहन यादव भने शेखर कोइराला समूहबाट निर्वाचित भएका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

कमेन्टहरु