सप्तरीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह ०२:०९ बजे

सप्तरी, ०६ मंसिर । सप्तरीको अग्निसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्वर २ ईटहर्वा स्थित पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय बाबुनन्द चौधरी रहेको सप्तरी प्रहरीले जनाएको छ । उनले आफ्नै पोखरीमा माछाको चारो हाल्न गएको बेला सोही पोखरीमा डुबेर बेपता भएको थियो । उनलाई खोजतलास गर्ने क्रममा मंगलबार विहान पोखरीको डिलमा चप्पल फेला परेका थियो ।
पोखरीमा नै डुबेको हुन सक्ने भन्दै स्थानीहरुले पोखरीमा जाल हालेर खोजदा उनको शव फेला परेको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लले जानकारी दिए ।






















