विवेकशील साझाका संयोजक मिलन पाण्डे पार्टीबाट निष्काशित

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरिएको छ । मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले साधारण सदस्य समेत नरहनेगरी पाण्डेलाई निष्काशन गरिएको हो ।
अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको भन्दै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् । यसअघि मिश्रले पाण्डेलाई सोधेको स्पष्टीकरणको जवाफ पनि चित्तबुझ्दो नआएको विज्ञप्ति पत्रमा उल्लेख छ ।























