प्रतिनिधि सभाको बैठकमा एमालेको अवरोध, अवरोधकै बीच दुई अध्यादेश स्वीकृत

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका हुन् ।
सभामुख सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए । त्यसपछि सभामुख सापकोटाले बैठक अगाडि बढाए । मंगलबारको बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।
यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । तर उनको प्रस्ताव बहुमतले अस्वीकार भयो ।






















