देश

काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह ०१:०९ बजे

काठमाडौं । काठमाडौको बागजबारस्थित काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु भएको छ ।

होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । उनलाई उपचारका लागी सोमबार दिउँसो नै काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आइसियुमा उपचारको क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको पनि बताए ।

सहनी ११ कक्षामा अध्ययनरत थिए ।

कमेन्टहरु