राजनीति

सभामुख सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श बैठक जारी

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह १२:०९ बजे

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी बैठकमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे छलफल भइरहेको छ ।

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई र कृष्णभक्त पोखरेल सहभागी छन् । एमालेले संसद बैठक अवरुद्ध गर्दै आए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने सहभागिता जनाएको छन् । यसअघि मंसिर २८ गते बसेको प्रतिनिधिसभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो ।

आफ्नो दलले गरेको १४ सांसदमाथिको कारवाहीलाई सभामुखले मान्यता नदिएको भन्दै रुष्ट बनेको एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

कमेन्टहरु