देश

धावनमार्ग मर्मतको कामले मंसिर १० गतेबाट स्थगित सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह १२:०९ बजे

बुटवल, ६ पुस । कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थल मर्मतपछि (आज)मंगलबारदेखि सञ्चालनमा आएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो ।

धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो । विमानस्थालमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत हुने भएको छ ।

सोमबारदेखि बायु सेवा कम्पनीहरूले जहाजको टिकट बिक्री खुला गरेका थिए । सुर्खेत-काठमाडौं सिधा हवाई उडान गर्ने बुद्ध एयरले पनि आजदेखि नै काठमाडौ – सुर्खेत नियमित उडान गरेको छ ।

कमेन्टहरु