देश

मोरङमा ब्राउन सुगरसहित एक युवक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ६ | मध्यान्ह १२:०९ बजे

मोरङ । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित प्रहरीले मोरङको मिक्लाजुङबाट सोमबार दिउँसो एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–६ कसेनीका २६ वर्षीय विक्रम लावती रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार लावतीको घरमा खानतलासी गर्दा कोठाबाट १५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

लावतीको घरबाट ब्राउन सुगर किनबेचमा प्रयोग गरिने मेसिन, मोबाइल र पाँच हजार २५ रूपैयाँ नगद पनि बरामद भएको श्रेष्ठले बताए । उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

लावती लागुऔषधको कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ।

कमेन्टहरु