एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कुटे, चिट चाेर्न नदिने आरआर कलेजका प्राध्यापक

जगत ठाडा मगर
२०७८ पुस ६ | बिहान १०:०९ बजे

काठमाडौ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसका प्राध्यापक प्रकाश पुडासैनीमाथि कुटपिट भएको छ । उनलाई एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता कुबेर जेठाराले कुटपिट गरेका हुन् ।
परीक्षा चलिरहेका बेला उनले प्राध्यापक पुडासैनीमाथि कुटपिट गरेको क्याम्पसका उपप्रमुख गोविन्दराज आचार्यले जानकारी दिए । चिट नचाेर्न आग्रह गर्दा भएकाे विवादपछि कुटपिट भएकाे बताइएकाे छ ।






















