मानवअधिकार वार्षीक पुस्तकको समिक्षा बैठक सम्पन्न


बिनोद मण्डल
सिरहा । सिराहाको लहानमा नेपाल मानवअधिकार वर्ष पुस्तक – २०२२ को पुर्व समिक्षा बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इनसेक) को आयोजना तथा मानबअधिकार संरक्षण केन्द्र संजाल लहान सिराहाको सहकार्यमा बैठक सम्पन्न भएको हो ।
संजालकी सचिब सर्मिला निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिकाकी उपप्रमुख सरियार चौधरी, अतिथिहरु इलाका प्रहरी कार्यालय लहानको डिएसपी डाक्टर तपन दाहाल, ईलाका प्रशासन कार्यालय लहानका नासु सुरेस बराल लगायत जिल्लाका मानव अधिकारकर्मी र पत्रकारहरुको सहभागितामा भएको कार्यक्रममा एक आर्थिक बर्ष भित्र जिल्ला भरि भएको अपराधिक महिलासँग सम्बन्धित घटनाको बारेमा समिक्षा गरिएको थियो ।
कार्यक्रममा १७ वटा पालिकाको २०७७ पुष महिना देखि २०७८ मंसिर महिनासम्मको मानवअधिकार उलङ्घनका घटनाको छोटो विवरण प्रस्तुत गरिएको थियो । समिक्षा बैठकमा बोल्दै डिएसपी दाहालले वर्ष पुस्तकले समाजमा बढिरहेको आपराधिक घटनाको बारेमा आम जनतामा समयमै जानकारी गराउनमा ठुलो भूमिका रहने बताउनु भएको छ भने अधिकांश वक्ताले बोल्ने क्रममा समाजमा पुस्तकको सकारात्मक प्रभाव पर्ने बिचार राखेका थिए ।
कार्यक्रमबाट आएका सुझावलाई आफुले सकारात्मक रुपमा लिएको इनसेक जिल्ला प्रतिनिधि दुर्गा परियारले बताए ।






















