माओवादी केन्द्र वाग्मती प्रदेशको अध्यक्षमा पौडेल निर्वाचित

जगत ठाडा मगर
२०७८ पुस ६ | बिहान ०७:०९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । उनी १६२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याएर पराजित भएका हुन् । त्यस्तै उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् । भने सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ)ले १४९ मत प्राप्त गरी विजयी भएका छन् ।
यसैगरी सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छिन् ।























