राजनीति

‘हामी एमसीसीको विपक्षमा छैनौं’: लोसपा

जगत ठाडा मगर
२०७८ पुस ५ | मध्यान्ह ०८:०९ बजे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले आफूहरु अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा नभएको धारणा राखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको भोलिपल्ट लोसपाले संसदीय दलको बैठक राखेको थियो । बैठकमा सरकारले एमसीसी अनुमोदनका लागि संसदमा प्रस्ताव ल्याए के गर्ने भन्नेबारे समेत छलफल भएको छ ।

‘हामी एमसीसीको विपक्षमा छैनौं,’ लोसपा सांसद लक्ष्मणलाल कर्ण भन्छन्, ‘सरकारले प्रस्ताव ल्याएपछि आवश्यक निर्णय गरौंला ।’

कमेन्टहरु