देश

पर्सामा भारतीय नागरिकले नेपाली नागरिकता लिई, अबैध धन्दा गरि करोडौंको सम्पती जोड्दा समेत प्रशासन मौन

जगत ठाडा मगर
२०७८ पुस ५ | मध्यान्ह ०४:०९ बजे

पर्सा । नेपालमा भारतीय नागरिक नेपाली नागरिकता लिएर बस्ने सामान्य नै भएको छ । यस्तै एउटा घट्ना भारतको बिहार आदापुर इनरवा वाड – ४ काला श्रीसिया पन्चायत घर भएका महादेव साह सोनारका छोरा शम्भु साह, दिगम्बर साह, असर्फी साह, रामनाथ साह,बच्चा साह, भन्ने (रामनरेश साह सोनार) समेतले झुटो विवरण पेशगरी जिल्ला पर्सा साविक गाविस वडा -३ हाल बिरगंज मनपा- २८ बाट नेपाली नागरिकता लिईसकेका कुरा बाहिरीए पनि नेपालका प्रशासन मौन रहेका छन।

नेपाली नागरिकता प्राप्त गरि नेपालमा विभिन्न किसिमका अवैध कार्य जस्तै जालीनोट लागुऔषध, सुनतस्करी, भारतीय नोटको अवैध कार्यहरू गरेर हाल नेपाल र भारतमा समेत अर्बौको सम्पत्ति जोडन सफल ती भारतीय भएकाछन । भारत तिर अवैध रूपमा कमाएका सम्पती नेपालमा लुकाउने र नेपालमा अवैध कार्यगरी आर्जन गरेका सम्पती भारतमा लुकाउने गरेका तथ्य बाहिरिएका छन।

photo 2021 12 20 02 56 30

यस्ता किसिमको अवैध कार्यमा संलग्न द्वैध नागरिकहरु खुलेआम नेपालमा शानले हिड्ने र नेपाल सरकारले अहिलेसम्म पनि कुनै किसिमको कारवाही समेत नगर्नु निकै दु:खद तथा शंकास्पद समेत रहेकोछ । हाल बिरगंज – भारतको बिहार स्थित आदापुर इनरवा वाड-४ काला श्रीसिया पन्चायत घर भएका महादेव साह सोनारका छोरा शम्भु साह, दिगम्बर साह, असर्फी साह, रामनाथ साह, बच्चा साह, भन्ने (रामनरेश साह सोनार) समेतले झुटो विवरण पेशगरी जिल्ला पर्सा साविक गाविस वडा – ३ हाल बिरगंज मनपा- २८ बाट नेपाली नागरिकता लिईसकेका छन।

हाल यिनिहरुको नाममा जिल्ला प्रशासन कार्यालय पर्सामा देशभक्त नेपालीको निवेदन गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई समेत बोधार्थ हुनेगरी २९७८/०७/०१ गते दर्ता समेत रहेकोछ। र त्यही बिषयमा यिनिहरुको नागरिकता छानबिन गरि दोषी देखिए हदैसम्मको कार्यवाही गरि नागरिकता समेत रद्द गर्ने पत्र गृहमन्त्रीको कार्यालय नागरिकता फाटबाट २०७८/०७/१५ गते जिल्ला प्रशासन कार्यालयलाई पत्रचार समेत गरेको देखिन्छ।

photo 2021 12 20 02 56 33

आज पर्साबाट प्रकाशित चन्द्रसुर्यदैनिकले पनि यहि बिषयलाई लिएर शम्भु साह सोनारको छोरा गोपाल साह सोनारले समेत झुटो विवरण पेसगरी लिएको नागरिकताको बिषयलाई र घण्टाघर स्थित श्री मनोकामना मनि चेन्जरको आडमा अवैध भारतीय नोटको कारोबार गर्ने गरेका समाचार प्राथमिकताका साथ सम्प्रेषण गरेकोछ । तर यत्रो न्युज सम्प्रेषण हुँदा समेत यस्ता द्वैध नागरिकहरुमाथि कुनै किसिमको कार्यवाही नहुदा नेपाली जनताहरु आश्चर्यचकित भएका छन।

सुन तस्करीको बेताज बादसाह र निजका छोरा संदिप सरार्फले बिरगंजको दुई नम्बर रोडमा आफनै घरमा आर.के. एण्ड सन्स नामक पसल सञ्चालन र त्यसको आडमा सुनतस्करी र हुण्डीको कारोबार समेत गर्ने गरेका छन । रामनाथ साह सोनारले बिरगंजमा दर्जनौ घर समेत जोडीसकेका छन।

उता निजकै भाई बच्चा साह सोनार भन्ने(रामनरेश साह सोनार) ले समेत माईस्थानमा जय मा दुर्गे ज्वेलर्स लगायत बिरगंजको कलवार मार्केटमा माँ दुर्गे मनि ट्रासफर र जयमा दुर्गे मनि चेन्जरको आडमा हुण्डी कारोबार र अवैध सुन तस्करीको कार्यगरी अकुत सम्पत्ति जोडन सफल भएका छन। स्थानीय प्रशासनले किन र कुन कारणले अहिलेसम्म समात्न सकेका छैनन् त्यो भने रहस्यमय रहेको छ।

कमेन्टहरु