बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

जगत ठाडा मगर
२०७८ पुस ५ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार कम्प्लेक्सको टप फ्लोरमा रहेको जीम सेन्टरमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरू बोलाइएको छ ।
साथै आगो निभाउनको लागि सुरक्षाकर्मीसँगै स्थानीयले समेत सहयोग गरिरहेका छन् । दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।






















