क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला पश्चिम नवलपरासीको बर्दघाटमा आइतबार सम्पन्न


रामु भुसाल
क्रान्तिकारी पत्रकार महासंघको केन्द्रिय विशेष राष्ट्रिय भेला आईतबार पश्चिम नवलपरासीको बर्दघाटमा सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष ईन्द्र राउतको अध्यक्षतामा नेकपा क्रान्तिकारी माओबादी पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले अहिले हरेक दृष्टिकोणबाट मुलुक संकटग्रस्त भईरहेको र राज्य व्यवस्थाको कारण देशका मुख्य अंग कार्यपालिका व्यवस्थापिका र न्यायपालिका अस्तव्यस्त भईसकेको बताउदै देशमा अहिलेको व्यवस्था असफल भएकाले यो व्यवस्था खारेज गरी नयाँ व्यवस्था ल्याउन आफुहरु लाग्नु पर्ने बताउनु भयो ।

सो अवसरमा बिशेष अतिथिको रुपमा बरिष्ठ पत्रकार एवं महासंघका केन्द्रिय सल्लाहकार हिरामणी दुखी अतिथिहरु नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सेके्रटरी भुपेन्द्र न्यौपाने, लगायतले देशको बिषम परिस्थितीमा पत्रकारिता क्षेत्रको अवस्थाको बारेमा मन्तव्य राख्नुभएको थियो । आसन्न तेस्रो राष्ट्रिय सम्मेलनको तयारीको रुपमा राष्ट्रिय भेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
भेलाको बन्दसत्रले मिडियामा बढ्दो बैदेशिक र अपारदर्शी लगानीले नेपालको स्वाधिनता र सार्वभौमिकता माथि नै खतरा उत्पन्न गर्ने ठहर गर्दै त्यसको बिरोधमा शसक्त आवज उठाउने, सघिंय र प्रदेश सरकारले ल्याएका प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी कानुनको खारेजीको माग गर्दै श्रमजिवि पत्रकार एैनको पुर्ण रुपमा कार्यान्वयनका लागी राज्य, सम्बन्धित निकाय र पक्ष संग जोडदार माग गर्ने, वर्गिकरणमा परेका बर्षौ देखी पत्रपत्रिकालाई सेवा सुविधा प्रदान गर्न र पुर्ण समानुपाति रुपमा लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डलाई जोडदार आग्रह गर्ने बताएको छ । साथै सो भेलाले नेपालको कानुनले समेत प्रतिबन्ध लगाएको सञ्चारमाध्यममा विदेशी लगानी बढ्नु र योग गुरु राम देवले सञ्चालनमा ल्याउन लागेका आस्था नेपाल र पतञ्जली नेपाल नामका टेलिभिजन स्वयं प्रधानमन्त्रीबाट उद्घाटन गरिनु आपत्तिजनक र निन्दनिय भएको ठहर गर्दै नेपालमा बिदेशी लगानीका सञ्चार माध्यम माथि प्रतिबन्ध लगाउन सरकार संग माग गर्ने महासंघका प्रदेश संयोजक रवि पाण्डेले जानकारी दिनुभएको छ ।
सो राष्ट्रिय भेलामा महासंघका केन्द्रिय उपाध्यक्ष नारायण पंगेनीको स्वागत मनतव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन महासंघका केन्द्रिय महासचिव रामकुमार श्रेष्ठले गर्नुभएको थियो । भेलाको अहिले बन्दसत्र चलिरहेको आयोजकले जनाएको छ ।






















